नेपालमा साग खेलकुद प्रतियोगिता आयोजना भइरहेको छ । यसै अवसरमा ‘पल्सर डेयर भेन्चर'का प्रतिस्पर्धीहरूले आइतबार दशरथ रङ्गशालामा आयोजना भएको फुटबल म्याच पश्चात् अव्यवस्थित भएको स्टेडियम सफा गर्नुका साथै व्यवस्थित पार्ने काम गरेका छन् । आइतबार बङ्गलादेश र नेपाल बिच फुटबल खेल भएको थियो । उनीहरू डेयर भेन्चरका प्रतिस्पर्धी मात्र नभएर समाजका जिम्मेवार नागरिक हुन् र परी आएको खण्डमा हरेक ठाउँमा मन लगाएर काम गर्न सक्नेमा आफूलाई प्रमाणित गरेका छन् ।
नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी सो पल्सर डेयर भेन्चर नोभेम्बर १६ तारिखबाट एपी १ एचडी टिभीमा प्रसारण भइरहेको छ । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको हो । पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको थियो । यस पटकको डेयर भेन्चरका प्रतिस्पर्धी विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमशः २०१४, २०१५ र २०१७ मा सुरु भएको थियो ।