साधना कला केन्द्रको आयोजनमा शनिवार राजधानीमा एक सम्झन योग्य साङ्गीतिक कार्यक्रम सम्पन्न भयो ।‘अ म्युजिक जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रमले होटल सोल्टीलाई संगीतमय बनाएको थियो । संगीतकार रंजित गजमेरको सम्मानको लागि यो कार्यक्रमको आयोजना गरिएको थियो । यसै कार्यक्रमका लागी नेपाल आएकी भारतीय गायिका आशा भोस्लेका साथमा नेपाली कलाकारले पनि साङ्गीतिक प्रस्तुति दिए । कार्यक्रम हेर्न दर्शकको भिड नै लागेको थियो ।

कार्यक्रममा रणजीत गजमेरले सङ्गीत गरेका गीतहरू गाइए भने गायिका भोस्लेले पनि गजमेरले सङ्गीत भरेका गीतहरू गाइन् । उनले किन बढ्दै छ ढुकढुकी मुटुको, आगे आगे तोपकै गोला, डाँडा खोला बगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत गरिन् । यसै गरी मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिए ।

रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले

कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिएका थिए । साथमा दर्जन बढी कलाकारले रञ्जित सङ्गीत र उहाँकी पत्नी कुसुम गजमेरका शब्दमा रहेका गीतहरू गाए । कार्यक्रममा उप राष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए ।  

रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले रणजीत गजमेरका गीतमा गुन्जिइन् आशा भोस्ले