‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण आयोजना हुने भएको छ । चलचित्र प्राविधिक सङ्घले आयोजना गर्दै आएको अवार्ड दुई वर्षको अन्तराल पछि पुनः आयोजना हुने भएको हो । सोमवार काठमाडौँमा एक कार्यक्रमका बिच अवार्डको घोषणा गर्नुका साथै मिति तय गरिएको छ । यो वर्षको अवार्ड चैत्र १५ गते आयोजना हुने भएको छ ।

 ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै  ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै

नेफ्टाले ‘ड्रिम हाइ नेपाल’सँग सहकार्य गरी आयोजना गरिने छ । अघिल्ला चार संस्करण विदेशमा आयोजना गरिएको अवार्डको यो संस्करण टुँडिखेलमा भव्यताका साथ आयोजना हुने बताइएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै यो वर्ष अवार्ड कार्यक्रम नेपालमै आयोजना गर्न लागेको नेफ्टाका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

 ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै  ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै

विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा, ‘पपुलर चलचित्र, पपुलर नायक, पपुलर नायिका, जनजाति फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ । घोषणा कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने नायक राजेश हमाल, भुवन केसी, अभिनेत्री वसुन्धरा भुसाल, कलाकार सन्तोष पन्त लगायत उपस्थित थिए ।

 ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै  ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै

कार्यक्रममा प्रमुख अतिथि खनालले चलचित्र कर्मीहरूलाई पर्दामा प्रहरीले गरेका राम्रा कुराहरूलाई पनि विषयवस्तु बनाइदिन आग्रह गरे । ​​​​​​​

 ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै  ‘नेफ्टा फिल्म अवार्ड’को दसौँ संस्करण टुँडिखेलमा हुँदै