आगामी चैत २८ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’ प्रचार प्रसारमा निस्केको छ । ७० दिन लगाएर चलचित्रको सम्पूर्ण छायाङ्कनको काम सम्पन्न गरिएको हो । केही दिन अघि निर्माण पक्षले छायाङ्कन सम्पन्न भएको घोषणा गरेको थियो । चलचित्रको प्रचार प्रसार स्वरूप निर्माता निर्देशक सन्तोष सेनले केही थान तस्बिर सार्वजनिक गरेका छन् ।
चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेको 'प्रेमगीत ३' श्वसतिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ ।