काठमाडौँको  टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने भएको छ । क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण हुने भएको हो। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गराएर सो कार्यक्रमको घोषणा गरिएको छ । आफुसँग लुकेमा प्रतिभालाई तपाइले उक्त कार्यक्रममा देखाउन पाउनु हुने छ । आँउदो अगस्ट १९ तारिकका हुन लागेको कार्यक्रममा जो कोहीले पनि सहभागी जनाउन पाउने छन् ।

काठमाडौँमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा आफूमा लुकेर रहेको जुन सुकै प्रतिभा चाहे त्यो अग्रेजी हिपहप होस् या हिन्दी क्लासिकल वा फेरी नेपाली झ्याउरे भाका नै किन नहोस कार्यक्रममा जुनै भाषाका प्रतिभाहरु पनि देखाउन सकिने जानकारी आयोजकले दिएका छन। कार्यक्रममा भाग लिनको लागी फारम भर्न जरुरी रहेको आयोजकले जानकारी दिए । https://www.facebook.com/event/422063051512483/ बाट डाउनलोड गरि भर्ना सकिनेछ ‘वन डे ट्यालेन्ट हन्ट’का विजेताले नगद ५० हजार दोस्रो विजेताले ३० हजार र तेस्रोले २० हजार नगद पाउने बताइएको छ । प्रतियोगीतामा सहभागी हुनलाई कुनै शुल्क लाग्ने छैन् ।