नेपाली सिनेमा क्षेत्रमा उदाएकी नायिका हुन् वर्षा राउत । म्युजिक भिडियोमा हुदैँ उनले चलचित्र ‘नाई न भन्नु ल ४’ बाट सिनेमामा डेव्यु गरेकी हुन् । पहिलो चलचित्र सफल भएसँगै उनी अभिनित चलचित्र ‘छक्का पञ्जा’ र ‘जात्रा’ सुपरहिट भए ।

गत वर्ष हिट चलचित्रको ह्याट्रिक मारेसँगै वर्षाको चर्चा चुलिएको थियो । हाल उनी अभिनित चलचित्र ‘छक्का पञ्जा २’ सफलताको साथ प्रदर्शन भइरहेको छ ।

छक्का पञ्जा २’ र ‘मेरो पैसा खोइ’ एकसाथ प्रदर्शनमा आएता पनि दुई फरक भूमिकामा देखिएकी वर्षाको अभिनयले चर्चा पाएको छ ।

उनी अभिनित केही चलचित्र अझै प्रदर्शनको क्रममा रहेको छ । यो वर्ष दसैँको टिका लगाउन नमिले पनि वर्षाले घुमेर दसैँ मनाएकी छिन् ।

चलचित्र सुटिङ र प्रमोसनमा व्यस्त भइरहेकी वर्षाले दसैँको समय भने मुगु जिल्ला स्थित रारा तालमा छुट्टी मनाएकी हुन् ।

प्रेमी सन्जोग कोइरालासँगै केही साथीहरूको साथमा पुगेकी वर्षा भन्छिन् ‘रारा गज्जब रैछ । ’
