चलचित्र हेरेका दर्शकले चलचित्रलाई अत्यधिक रुचाएका छन् जहाँ दर्शकले चलचित्रको विषय, कलाकारहरूको अभिनय, प्रदीप खड्काको भूमिका, आर्यन सिग्देल तथा पल शाहको भूमिकाको पनि खुलेर तारिफ गरेका छन् ।
यता चलचित्रको ट्रायल सो हेरेका निर्देशक निश्चल बस्नेतले 'फर्की फर्की'को खुलेर तारिफ गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले चलचित्र सुपर हिट हुने प्रतिक्रिया दिए।
चलचित्र 'पुजार सार्की' यही जेठ १० गतेबाट सिनेमा हलमा लाग्दै छ । प्रचार प्रसारको अन्तिम क्षणमा पनि निर्माण टिम डटेर लागिरहेका छन् । यसो त नेपालका तीन हिट कलाकारहरू अर्यान सिग्देल , प्रदिप खड्का र पल शाह एक साथ चलचित्रमा हुनुले पनि दर्शकमा एक खाले कौतुहलता र क्रेज 'पुजार सार्की'ले बनाई सकेको छ ।
चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल 'अधुरो प्रेम'मा आधारित रही चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'वर्ड टुर विथ साइग्रेस'को ६०औँ शृङ्खलामा यो चलचित्रको घोषणा गरिएको हो।
भजन शिरोमणि भक्तराज आचार्यकोको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ रि-रिलिज हुने भएको छ । आगामी असार ७ गते चलचित्रलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ ।
चलचित्र ‘बोक्सीको घर’ले १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले गत शुक्रबारसम्म तीन हप्तामा १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् ।
जेठ २५ गते रिलिजका लागी तम्तयार चलचित्र 'लण्डन टु पेरिस'को दोस्रो गीत 'चाहन्छु यो माया' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल बिस्टको शब्द रचना अनि सङ्गीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ ।
असारको ७ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीतमा मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् ।
आगामी जेठ १० देखि २७ गतेसम्म कुञ्ज नाटक घरमा नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा यो नाटक मञ्चन गर्न लागिएको हो ।
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपूत र मुकुन भुसाल पछि थप ३ कलाकार जोडिएका छन् । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गरेको हो ।