यही जेठ १९ गते शनिवार भक्तपुर राधे राधे स्थित हेरिटेज प्यालेसमा साङ्गीतिक कार्यक्रम 'मीड भक्तपुर म्युजिकल फेस्ट' हुने भएको छ ।
धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र 'खुस्मा'को छायाङ्कन सकिएको छ । पहिलो चरणमा मनाङमा र दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।
चलचित्र 'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मा डेव्यु अभिनेता निश्चल, अभिनेत्री साम्राज्ञी र गरिमा बिच को त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
बिहीबार बुद्ध जयन्तीको दिन प्रदर्शनमा आएको चलचित्र 'पुजार सार्की'को तेस्रो दिन शनिवार चलचित्रको व्यापार अझै आक्रामक देखिएको छ।
जेठ १० गतेबाट रिलिज भएको चलचित्र 'फर्की फर्की'ले बिहीबार र शुक्रवार झैँ शनिवार पनि काठमाडौँ उपत्यकासहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको सङ्ख्या अधिक छ ।
चर्चित र्याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करण 'नेपहपको श्रीपेच २'को औपचारिक घोषणा गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ ।
'नुमाफुङ' निर्देशक नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा समावेश गरिएको छ।
आज जेठ १० गते बुद्ध जयन्तीको बिदाको अवसर पारेर दुई नेपाली चलचित्रहरू 'फर्की फर्की' र 'पुजार सार्की' एक साथ रिलिज भएका छन् ।
चलचित्र 'फर्की फर्की ' भोलीबाट विश्वव्यापी रूपमा प्रदर्शन हुँदै छ । मेगा स्टार अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको उक्त चलचित्रको आज बुधवार ग्राण्ड प्रीमियर गरिएको छ ।
चलचित्र 'एक्लो'मा बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने भएको छ। चलचित्रमा उनको अभिनय रहने तय भएको निर्देशक प्रदीप शाहीले बताए । '