चलचित्र 'वर एण्ड बधु'को रिलिज मिति पक्का गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ ।
चलचित्र 'नम्बरी सुन'को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिए पनि अब भने साउन २५ गते रिलिज हुने भएको छ ।
गायक हिमाल सागरको स्वर र सङ्गीतमा विसं २०६० सालमा तयार भएको 'रिलेसन' एल्बममा समावेश सुपर हिट गीत ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा तयार गरिएको छ ।
प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ। शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो। अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाज सेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको थियो।
चलचित्र '१२ गाउँ'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने चलचित्र लाई अभिनेता विराज भट्टले निर्देशन गरेका हुन् । उक्त चलचित्रबाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेव्यु गर्दैछन् ।
गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ज्यानमाया' बोलको गीतमा दिपक शर्माको संगीत र नवराज ढुंगानाको शब्द रहेको छ।
प्रियंकाको पोस्टर लुक सार्वजनिक गर्दै चलचित्र 'माइली'को घोषणा गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।
सार्वजनिक ट्रेलरको कमेन्टमा दर्शकले रुकुमलाई निकै राम्रो सङ्ग प्रस्तुत गरिएको, कथावस्तु निकै अर्ग्यानिक भएको, दया मिरुनाको जोडी निकै राम्रो देखिएको लगायतका धेरै उत्साहजनक प्रतिक्रिया दिएका छन् ।
अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर चलचित्र 'मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ।
चलचित्र 'ईश्वर'को गीत 'डुब्दै डुब्दै थिएँ म' सार्वजनिक भएको छ । सार्वजनिक गीत मा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको छ भने भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।