2083 जेष्ठ 8, शुक्रबार

‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुल्ला

असार २८ गते देखी प्रदर्शनमा आउने चलचित्र ‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको छ ।

डकुड्रामा ‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक

सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भएको छ । गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको सङ्गीत छ ।

‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

'मोदीबेनी'को एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो 'शेफ नेपाल'

नेपालको पहिलो फुड रियालिटी शो 'शेफ नेपाल'को बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ ।

'माइली'मा गायिका कमला घिमिरे र अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित 

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र 'माइली'मा गायिका कमला घिमिरे र अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएका छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेकी हुन् ।

वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अरुणिमा लम्सालको कमब्याक

नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र  ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्।

'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र 'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

रामकृष्ण ढकाल अभिनीत 'मायाको घर' सार्वजनिक

गायक रामकृष्ण ढकालको नयाँ गीत 'मायाको घर' सार्वजनिक भएको छ। गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ।

'आउट ल : दफा २१९'मा सुशीलको लुक्सको चर्चा

निर्माणपक्षले सुशीलको केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । यसले, चलचित्रमा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ ।

चलचित्र 'तै चुप मै चुप' को निर्माण घोषणा

पोलिटिकल कमेडी चलचित्र 'तै चुप मै चुप' को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।