चलचित्र 'लाज शरणम्'को प्रि–प्रोडक्सनको काम सङ्गै कलाकार पनि छनोट भईरहेका छन् । यसैबिच चलचित्रमा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो ।
भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को बिहीबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । ट्रेलर सार्वजनिक भएका १९ घण्टामा १० लाख ६३ हजार ३ सय ६० बढी दर्शकले ट्रेलर हेरिसकेका छन् ।
चलचित्र 'कार्साङ'को छायाङ्कन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्रको छायाङ्कन २२ दिन लगाएर पुरा भएको हो ।
एस्याप इन्टरटेन्मेन्टको आयोजनामा 'नेपाल फेशनिस्टा २०२४' भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
चलचित्र 'जेरी अप टप' फ्लोरमा जानको लागि तयार छ । यती बेला चलचित्रको लागी संगीतको खोजी गर्दै निर्माण कम्पनिले आवेदन आह्वान गरेको छ ।
बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
चलचित्र 'देवी'को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।
अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गरेका हुन ।
आगामी शनिवार 'पुर्ण राई एण्ड दाजुभाईहरु' र ट्राइबल रेन'ले ठमेल स्थित एल.ओ.डी क्लब मा प्रस्तुति दिने भएका छन् । 'जर्नी टु ट्रान्सेडेन्स ' नाम दिइएको उक्त कार्यक्रमलाई विस इन्टरटेन्मेन्टले आयोजना गरेको हो ।
नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।