कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भए ।
चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ। संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ ।
चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ ।
भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । चलचित्रले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र 'हन्टर' निर्माणको घोषणा गरिएको छ । चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन्
अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’ कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ।
असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'खुस्मा'को दोस्रो गीत 'रुकुम मैकोट' सार्वजनिक भएको छ । एसडी योगीको सङ्गीत तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा सङ्गीतकार योगी र शान्ति श्री परियारको स्वर रहेको छ ।
लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक भएको छ।
तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।
एक्सन तथा सोसल ड्रामा चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। चलचित्रमा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रवार अनुबन्धित भएका हुन् ।