दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ लाई बिट मार्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला फुर्सदमा छिन् । केही महिना चलचित्र नखेल्ने सोच बनाएकी उनी यति बेला इन्डोनेसियाको बालीमा छिन् ।
ॠचाले साउन १ गते परेको आफ्नो जन्मदिन सार्वजनिक रूपमा आज अर्थात् साउन २ गते मनाइन् । उनको भनाइ अनुसार आफ्नो परिवार र आमालाई समय दिनको लागी र नेपालीहरूको चाड साउने सङ्ग्राती मनाउनको उनले आफ्ना शुभचिन्तक र नजिकका साथीहरूसँग आज जन्मदिन मनाएकी हुन् ।
नेपालमा व्यापारिक हिसाबले सफल नमानिएको वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘वीर विक्रम २’ को लण्डनमा विशेष सो सम्पन्न भएको छ ।
सफलतापूर्वक प्रदर्शनको ५१औँ दिन मनाएको चलचित्र 'जात्रै जात्रा' टिमले ५१ दिन मनाउने हलहरूमा गएर दर्शकहरूको उपस्थितिमा केक काट्यो, दर्शकलाई धन्यवाद दियो ।
यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गती लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
प्रियंकाले आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को फस्ट लुक पोस्टर पनि सार्वजनिक गरेकी छिन् ।
यो हप्ता नेपाली राजातपटमा सम्झन योग्य केहि घटना भएका छन् । तीनलाई समग्रमा यसरी तस्बिरमा समिक्षा गर्न सकिन्छ ।
साम्राज्ञी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा परिवारसँग समय बिताइरहेको भन्दै स्विमिङ गर्दै गरेको तस्बिर पोस्ट गरेकी छिन् ।
सुदन केसीको निर्देशन र मह सञ्चारको प्रस्तुति रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुसाल लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो ।
अटिजम प्रभावित बच्चाहरूका लागी विशेष स्कुल भवन निर्माणको सहयोगार्थ एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको परोपकारी डिनर कार्यक्रममा सहभागी भएकी छिन् । साथै उनले ‘ब्राइडल स्वरूप’ मा फोटो सुट गरेकी छिन् ।