सिने नगरीमा महंगी नायिकाको रूपमा परिचित छिन् नम्रता श्रेष्ठ । सङख्यात्मक हिसाबले थोरै चलचित्रमा काम गरेकी नम्रताका प्राय जसो चलचित्रहरु हिट नै छन् । सुन्दरी नायिकामा पर्ने नम्रताको अब्बल अभिनयको कारण पनि उनको फ्यान फलोइङ राम्रो छ ।
पहिलो पल्ट स्किृनमा सँगै देखिएका अभिनेता निखिल उप्रेती र सौगात मल्ल अभिनित चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । पुरेण्दु झाको निर्देशन रहेको चलचित्र संरक्षणको ट्रेलर शुक्रवार युट्युब मार्फत सार्वजानिक गरिएको हो । ट्रेलरमा अभिनेताद्वय निखिल र सौगातलाई पुलिसको भूमिकामा देखाइएको छ
चलचित्र संघले चौथो संस्करणको अवार्ड अेमरिकाको डलासमा आयोजना गर्ने भएको छ । तीन संस्करणसम्म मोसन पिक्चर अवार्डको नयाँ नामाकरण गरी ‘नेम्पा फिल्म अवार्ड’ राखेको छ । जुन अवार्ड यही सेम्टेम्वर २ तारिखमा डिएबिएस इन्टरटेनमेन्ट डलास अमेरिकासँगको सहकार्यमा अमेरिकाको डलासमा आयोजना हुने छ ।
एकपछि अर्को हिट गीत नेपाली संगीत क्षेत्रलाई दिँदै आएका गायक तथा सङ्गीतकार हुन् कालीप्रसाद बाँस्कोटा । कालीप्रसाद पहिले सङ्गीतकार थिए तर २०७२ मा प्रदर्शन भएको उनले गाएकाे ‘रेसम फिलिली’ फिल्मको ‘पारी त्यो डाँडामा...’गीत भाइरल बनेपछि उनी गायकका रूपमा पनि कहलिए ।
क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीको बिहे असार १६ गते हुने भएको छ । प्रेम र व्रेकअपको चर्चा चलेको यो जोडीको बिहेको कार्ड छापिएको छ ।
असारको महिना देउराली रोएको बेला गाउँमा खेतभरी खुसी अनि आशाका बियाडहरु रोपिन थाल्छन् ।तर जब राजधानीको मुटुमा रहेको शिल्पी थिएटरमा देउराली रोयो तब उसले आफूसँगै उसलाई नियालिरहेका हरेक आँखाहरुलाई रसिलो बनायाे ।
पछिल्लो समय युट्युबप्रतिको आर्कषण बढ्दो छ । युट्युबमा लाखौँ लगानी गरेर आफ्नो जिविकाेपार्जन गर्नेको सङ्ख्या कम छैन । यसैभित्र पर्छन् हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा । हाँस्य टेलिसिरियल ''मेरी बास्सै''बाट चर्चित बनेका केदारले आफ्नो प्राय जसो भिडियोहरु युट्युबमा नै राख्ने गर्छन् ।
यतिबेला समाजिक सञ्जालमा एउटै बिषय चर्चित छ , त्यो हो गार्खा ल्याण्ड । भारतमा भइरहेको गार्खा ल्याण्डको आन्दोलनमा नेपाली भाषीहरुबीच आरोप प्रत्यारोप शुरु भएपछि हाँस्यकलाकार मनोज गजुरेलले मुख खोलेका छन् । उनले सामाजिक सञ्जालमा आरोप प्रत्यारोप नगर्न अनुरोध गरेका छन् ।
चलचित्र ‘बाहुबली–२’ रिलिज भएसँगै अभिनेता प्रभासको व्यस्तता बढ्दो छ । उनको बिषयमा बिभिन्न खबरहरु बाहिरिरहन्छ । त्यस मध्यको यतिबेला प्रभासले बलिउड डेव्यु गर्ने खबरले चर्चा पाइरहेको छ । प्रभासलाई निर्माता करण जाहेर र निर्देशक रोहित शेट्टी मिलेर बलिउडमा डेव्यु गराउने खबरले बाहिरिएको छ । भारतको एक मिडिय
बलिउड अभिनेता सलमान खान अभिनित प्राय चलचित्रहरु इदको बेला प्रदर्शन हुने गर्दछ । इदमा प्रदर्शन भएको सलमान अभिनित चलचित्रहरु हिट नै छन् । तर, यस बर्ष प्रदर्शन भएको चलचित्र ‘ट्युवलाइट’ भने बक्स अफिसमा सफल हुन सकेन् ।