पूर्णरूपमा अमेरिकामा नै तयार पारिएको नेपाली फिल्म ’सफर’ अब युट्युबमा हेर्ने सक्नु हुने छ । विना योजना यात्रामा निस्केका तिन युवाको कथालाई समेटिएर बनाइएको चलचित्र ‘सफर’ गत बर्ष असोज १४ मा प्रदर्शन भएको थियो ।
चलचित्र ‘सायद २’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, सरोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुशील सिटौला, सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ ।
यहि असार १७ गते लण्डनमा आयोजना हुन लागेको ’बक्स अफिस फिल्म फेयर अवार्ड’ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको छ । काठमाडौँमा आइतबार एक समारोहमा ३२ विधामा वितरण गर्न ’बक्स अफिस फिल्म फेयर अवार्ड’ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको हो । ’१० औं बक्स अफिस फिल्म फेयर’ नेपालका अध्यक्ष आर के. स
बलिउड अभिनेत्री आलिया भट्टले पाकिस्तानी सेनासँग बिवाह गर्ने भएकी छिन् । चलचित्र ‘राजी’को तयारीमा लागीरहेकी आलिया उक्त चलचित्रमा कश्मिरी युवतीको भुमिकामा देखिने भएकी हुन । जसमा उनी पाकिस्तानी सेनाको श्रीमतीको रुपमा प्रस्तुत हुने छिन् ।
भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ’भुईंमान्छे’को ट्रेलर सार्वजनिक भयो । पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित चलचित्र ‘भुईमान्छे’मा सिपोरालाई आफ्नो जीवन आफ्नै ढङगले बाच्ने केटीको भुमिकामा देखाईको छ
एक समय यस्तो थियो जुन बेला बिराज भट्ट भन्ने बित्तिकै मनमस्तिकमा एक्सन आइहाल्थो । करिब पाँच वर्ष अघि सम्म बिराज अभिनित प्राय चलचित्रहरु हिट हुने गर्दथे । बिराजले नेपाली चलचित्रको एउटा कालखण्डमा राज नै गरे । उनले झन्डै १० वर्ष चलचित्रमा काम गरे । तर, बिचमा उनी नेपाली सिने नगरीबाट टाढा भए ।
यही साउन १३ गतेबाट देशभर प्रदर्शन आउन लागेको चलचित्र ‘प्रेमगीत २’को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रका टिममा प्रमोसनको दौडधुप बढ्दो छ । २०७२ मा प्रदर्शन भएको चलचित्र ’प्रेमगीत’को सिक्वेल रहेको ’प्रेमगीत २’ मा पुराना नायक प्रदीप खड्का छन् भने यसै चलचित्रबाट नव–नायिका अश्लेषा ठकुरीले डेव्यु गर्दै छिन्
केही समय अघि भारतको चर्चित सो द कपिल शर्मा शोमा कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला फर्किएका छन् । शो कै अर्का कलाकार सुनील ग्रोवरलाई रक्सीको मातमा कपिलले कुटपिट गरेको कारण उनीसँगै चन्दन शोबाट बाहिरिएका थिए ।
बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र 'ट्युबलाइट' यति बेला हलहरुमा प्रदर्शन भइरहेको छ । बक्स अफिसको साथै समिक्षकको पनि राम्रो साथ नपाएको ट्युबलाइटमा सलमानले मानसिक सन्तुलन कम भएको युवकको भूमिकामा देखिएका थिए ।
पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिका हुन् बर्षा राउत । म्युजिक भिडियो हुँदै चलचित्र ''नाइ न भन्नु ल ४''बाट डेव्यु गरेकी बर्षाले पहिलो चलचित्रबाट नै प्रशंसा पाइन् । त्यस लगतै उनले छक्का पन्जा र जात्रा गरिन् जुन चलचित्रबाट उनी दर्शकमाझ अझ बढी परिचित भइन् ।