2083 जेष्ठ 29, शुक्रबार

कर्मा र मेनुकाको बिचमा सुनिल थापा बने ‘शेरबहादुर’

नेपाली चलचित्र ‘शेरबहादुर’को शुभमुहर्त गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच चलचित्रको शुभमुर्हत गरिएको हो । ‘शेरबहादुर’मा नेपाली र भारतीय चलचित्रमा सक्रिय सुनिल थापा मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। उनको साथमा मेनुका प्रधान र कर्मा शाक्यको मुख्य भूमिका रहने छ ।

कसले लगाइदियो पल र पूजाको हातमा ‘हथकडी’ !

कसले लगाइदियो पल र पूजाको हातमा ‘हथकडी’ ? यी दुईलाई हातमा हथकडी भने चलचित्र ‘म यस्तो गीत गाउछु’ले लगाइदिएको छ । असार ३० गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउछु’को केही पोस्टरहरु सार्वजनिक भएका छन् ।

गायक सन्जिबको ‘मायाको गाउँमा’ सार्वजनिक 

गायक सन्जिब पुडासैनीको आवाजमा रहेको  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाको गाँउमा’ बोलको उक्त गीतमा नवराज बस्नेतको शब्द तथा सङ्गीत रहेको छ ।

५० रुपैयाँले कलाकार बनेका थिए विल्सन विक्रम राई (तक्मे बुढा)

हास्य टेलिसिरियल ‘मेरी बास्यै’बाट ‘तक्मे बुढा’को रूपमा चिर्चित बनेका हुन कलाकार विल्सन विक्रम राई । पछिल्लो समय उनको व्यस्तता बढ्दो छ । नेपाली चलचित्र लगायत बलिउडका चलचित्रमा पनि उनले काम गरिसकेका छन् । हालै उनी द्वारा निर्मित चलचित्र ‘रातो घर’ प्रदर्शनमा आएको थियो ।

सुध्रिए निर्देशक राजु गिरी, बिना बेडसिन ‘देश–परदेश’ बनाउने

नेपाली चलचित्र ‘देश–परदेश’ शुभसाइत गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभसाइत गरिएको हो । राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘देश–परदेश’ करिब एक दशक अगाडी नै निर्माण भइसकेको चलचित्र हो । उक्त चलचित्रमा नायक धिरेन शाक्यको अभिनय रहेको थियो । उक्त समय राम्रो व्यपार गरेक

नेपाल आइडलबाट बाहिरिनुमा प्रताप लामाको यस्तो छ भनाई 

नेपाली तारा सिजन ३ का विजेता प्रताप लामाको व्यस्तता पछिल्लो समय बढेको छ। नेपाली ताराको जीतले भन्दा पनि हालै नेपाल आइडलमा टप १८ बाट बाहिरिए पछि  प्रतापको व्यस्तता बढेको हो ।

चलचित्र 'लाल्टिन'को 'विस्की' बोलको गीत सार्वजनिक, जेष्ठ २६ मा हुदैछ प्रर्दशन

जेष्ठ २६ गते प्रर्दशन हुने चलचित्र 'लाल्टिन' टिम यति बेला प्रचारप्रसारको क्रममा रहेको छ । यहि क्रममा चलचित्रको 'विस्की' बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा बिनोद ढकाल, सोमीया बराइली र किरण माइकलको आवाज रहेको छ ।

७ बर्षपछि जोडिए रेखा र आर्यन, आवश्यकता कि आफ्नै स्वार्थ ?

चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए । यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए । ‘किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन’मा काम गर्दा सम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए ।

प्रचारसंगै 'लाल्टिन'को समाजसेवा, पशुपति लगायत क्षेत्रमा गरियो कपडा बितरण

चलचित्र 'लाल्टिन' टिमले प्रर्दशनको संघारमा आफ्नो प्रचारप्रसारलाई निकै तिब्रता दिईरहेको छ । प्रचारसंगै समाजसेवाको उदेश्यले चलचित्र 'लाल्टिन' टिमले हिजो पशुपति, संकटा लगायतका क्षेत्रमा रहेका बृद्ध, असायलाई कपडा वितरण गरेको छ ।

विश्व वातावरण दिवसमा चलचित्र 'लाल्टिन' र दारी ग्यांगको साइकल र्‍याली

आज विश्व वातावरण दिवसको अवसर परेर चलचित्र 'लाल्टिन' टिम र दारी ग्यांगले संयुक्त रुपमा साइकल र्‍यालीको आयोजना गरेका छन् । 'स्वास्थ्यका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल' भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो ।