पौष २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर झोले’को सुटिङ सेटबाट तस्बिर बाहिरिएको छ । रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, बिजष् बराल, प्रविन खतिवडा, अरुणा कार्कीको अभिनय रहेको छ ।
दर्जनौँ म्युजिक भिडियो हुदैँ चलचित्र ‘नाई न भन्नु ल ४’ बाट सिनेमा नगरीमा डेव्यु गरेकी नायिका हुन् वर्षा राउत । गत वर्ष वर्षाको लागी शुभ वर्ष रह्यो । उनी अभिनित तीन चलचित्रले लगातार हिटको स्वाद चाख्ने मौका पाए ।
यति बेला चलचित्र ‘भैरे’को छायाङ्कन अप्पर मुस्ताङको लोमाङथाङमा भइरहेको छ । चलचित्रलाई निर्देशक सूर्य बोहोरा एभ्रेष्टले निर्देशन गर्दै छन् ।
नेपाली चलचित्र ‘कोहिनुर’बाट अभिनय गरेसँगै अभिनेत्री श्वेता खड्का सिनेमाबाट गुमनाम जस्तै भइन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएसँगै सिनेमाबाट टाढिएकी श्वेताले यति बेला चलचित्र कान्छीबाट निर्माणमा हात हालेकी छिन् ।
लगातार दुई चलचित्र हिट दिएका नायक हुन् प्रदीप खड्का । दुई चलचित्रबाट राम्रो फ्यान फलोइङ बटुलेका प्रदीप नयाँ चलचित्र ‘लिली–बिली’मा अनुबन्धित भएका छन् ।
‘बोल्ड एन्ड ब्युटिफुल’ अन्दाजमा प्रियंका कार्की (फोटो फिचर)
नेपाली सिनेमा क्षेत्रमा उदाएकी नायिका हुन् वर्षा राउत । म्युजिक भिडियोमा हुदैँ उनले चलचित्र ‘नाई न भन्नु ल ४’ बाट सिनेमामा डेव्यु गरेकी हुन् । पहिलो चलचित्र सफल भएसँगै उनी अभिनित चलचित्र ‘छक्का पञ्जा’ र ‘जात्रा’ सुपरहिट भए ।
चलचित्र ‘रेसम फिलिल’बाट उदाएकी नायिका हुन् मेनका प्रधान । तर उनी आफूलाई नायिका भन्दा कलाकारको रूपमा चिनाउन चाहन्छिन् । हुन पनि मेनकानै मुख्य नायिका भएको चलचित्र खासै आएका छैनन् । रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेकी प्रधानले आफूलाई अभिनयमा अब्बल साबित गरिसकेकी छिन् ।
शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर २’को आज कुमारी हलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर शोमा चलचित्र क्षेत्रका सबै जसो कलाकारको उपस्थिति रहेको छ ।चलचित्रले भोलीबाट काठमाडौँ र मोफसलमा गरी करिब ९० बढी हलमा प्रर्दशन हुनेछ ।
नेपाली सिने नगरीमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेन नौलो नाम होइन् । अब्बल अभिनयका कारण चर्चामा रहने यी दुवै कलाकार एक साथ चलचित्र ‘राज्जारानी’मा देखिएका छन् ।