नेपाली चलचित्र ‘कोहिनुर’बाट अभिनय गरेसँगै अभिनेत्री श्वेता खड्का सिनेमाबाट गुमनाम जस्तै भइन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएसँगै सिनेमाबाट टाढिएकी श्वेताले यति बेला चलचित्र कान्छीबाट निर्माणमा हात हालेकी छिन् ।
कान्छी श्वेताको अभिनयमा कमब्याक गर्न लागेको चलचित्र समेत हो । आकाश अधिकारी निर्देशित कान्छीमा श्वेताले अभिनेता दयाहाङ राईसँग स्किृन सेयर गरेकी छिन् । मुस्ताङको विभिन्न स्थानमा छायाङ्कन भएको कान्छीको सुटिङ सकिएसकेको छ भने दया र श्वेता फिचरिङ भएर एक गीत सार्वजनिक भइसकेको छ ।
बिहीबार राजधानीमा चलचित्रको गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री खड्का खैरो रङको गाउनमा उपस्थित भएकी छिन् । पहिरनको विषयमा चनाखो रहेकी श्वेतालाई उक्त गाउन निकै सुहाएको थियो ।