गायक प्रताप दाश र गायिका रचना रिमालको आवाजमा म्युजिक भिडियो 'प्यारो मान्छे' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द शान्ति बस्नेत (बलराम)ले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् ।
१६ बर्ष पछी देखिए उत्तम र निरुताको जोडी (भिडियो)
गायक उजन शाक्यको स्वर र सङ्गीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ । प्रकृति फिल्मस्को प्रस्तुति रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् ।
गायक तथा मोडल दीपेन्द्र सोनामको स्वरमा ‘पर्खाइ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा सङ्गीत पनि उनकै रहेको छ ।
'भ्वाइस अफ किड्स सिजन ३' कि फाइनलिस्ट द्वितिका प्रधानले गीत रेकर्डिङ सम्पन्न गरेकी छिन ।
चर्चित गायक पशुपति शर्मा र गायिका शान्ति श्री परियारको स्वर समावेश तीज गीत 'झुम्का हरायो' सार्वजनिक भएको छ ।
गायिका प्रतिमा आर्याल र उदयमान गायक राम कुमार महतको आवाजमा रहेको ‘बाँसको डोको’ बोलको गित अहिले चर्चित छ । काँठे शैलिको यो दोहोरी भाकाले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भएको छ । गीतमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको सङ्गीत छ ।
गायक रामकृष्ण ढकालको नयाँ गीत 'मायाको घर' सार्वजनिक भएको छ। गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ।
गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ज्यानमाया' बोलको गीतमा दिपक शर्माको संगीत र नवराज ढुंगानाको शब्द रहेको छ।