चर्चित गायक, संगीतकार तथा निर्देशक प्रकाश सपुतले नयाँ गीत "नाइ भनेंसी नाइ" सार्वजनिक गरेका छन्। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस गीतमा सामाजिक अन्याय, पीडितको पीडा र न्यायका लागि गरिएको संघर्षलाई कलात्मक तर गहिरो ढंगले प्रस्तुत गरिएको छ।
गीतमा प्रकाश सपुतसँगै गायिका समिक्ष्या अधिकारी र एलीना चौहानको सशक्त स्वर समावेश गरिएको छ। भिडियोमा चर्चित अभिनेत्री रेखा थापाको दमदार अभिनय देख्न सकिन्छ भने बाल कलाकारको रूपमा प्रभिस्ती सपुतको उपस्थिति उल्लेखनीय छ।गीतको गीत–संगीत, निर्देशन, परिकल्पना सबै प्रकाश सपुतकै रहेको छ। श्यामश्वेत रसाइलीले संगीत संयोजन, पृष्ठभूमि संगीत र मिक्सिङ गरेका छन्। भिडियोको छायांकन बुद्ध थापा र उनको टोलीले गरेका हुन् भने सम्पादन प्रभिन भट्ट, रङ संयोजन मिलन विश्वकर्माले गरेका छन् कोरियोग्राफर रोशन विश्वकर्मा, सह–निर्देशक सुनिल बि.के., अडियो रेकर्डिस्ट गोविन्द अनेको, प्रि–मिक्स तथा सम्पादन कमल थापा, र मादल वादक पोषण घर्ती मगरको योगदान उल्लेखनीय छ। गीतमा संजोग बराइली, सिम्रन खड्का लगायतको अभिनय पनि देख्न सकिन्छ।
सार्वजनिक भएको केही घण्टामै भिडियोले २ लाखभन्दा बढी भ्युज र २१ हजारभन्दा बढी लाइक प्राप्त गरिसकेको छ। युट्युबमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ।