जेकेएस इन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ चलचित्र ‘द प्रोफेसनल गाइज’ निर्माण हुने भएको छ। निर्माण पक्षले आकर्षक घोषणा भिडियोमार्फत चलचित्रको शीर्षक र प्रमुख क्रेडिट सार्वजनिक गरेको हो।

चलचित्रको लेखन तथा निर्देशन मार्टिन भण्डारी र डार्विन श्रेष्ठले गर्नेछन्। अमन श्रेष्ठ सह–लेखक तथा क्रिएटिभ डाइरेक्टरका रूपमा छन्। अमन श्रेष्ठ र डार्विन श्रेष्ठ निर्माता रहेको चलचित्रमा मार्टिन भण्डारी सह–निर्माताका रूपमा जोडिएका छन्।

‘नयाँ ऊर्जा, नयाँ नियम, प्रोफेसनल गाइज आउँदैछन्…’ स्लोगनसहित सार्वजनिक गरिएको घोषणा भिडियो सामान्य टाइटल घोषणाभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ।

चलचित्रका कलाकार, कथा, छायांकन तथा प्रदर्शन मितिबारे भने निर्माण पक्षले थप जानकारी सार्वजनिक गरेको छैन।