सुनिल प्रजापतिको ‘माया सरर’ युट्युबमा सार्वजनिक भएको छ।
गीतका शब्द, संगीत र स्वर सबै सुनिल प्रजापतिकै छन्।मिक्सिङ र मास्टरिङ श्री शाक्यले गरेका हुन्।भिडियोमा प्रियना आचार्य र आदित्य मिश्रले अभिनय गरेका छन्। 

भिडियोको निर्देशन आकाश नेपालीले गरेका हुन्। कथा सरिता कठायतले लेखेकी हुन्।सृजनात्मक निर्देशक सुजन खतिवडा हुन्। छायांकन सबिन सुब्बा (प्याटु), सम्पादन अनिरुद्ध आत्रेय, रङ संयोजनकृष्ण भण्डारी, मेकअप कबिन खड्का, लुगा डिजाइन अजय कार्कीले गरेका हुन्।