संगीत र दृश्यले मिसिएको भावनात्मक यात्रा देखाउने नयाँ गीत बगेको खोला सार्वजनिक भएको छ। यो गीतमा समयको ठहरिएको क्षण र मुटुको भाव शब्दबिना नै व्यक्त हुने अनुभव प्रस्तुत गरिएको छ। गीतले स्रोतालाई आफ्नै कथा खोज्ने अवसर दिने विश्वास गरिएको छ।
गीतमा राजिव थापा, स्वेता बस्नेत, अजय पन्त र कृति लामाले अभिनय गरेका छन्। निर्देशन गणेश जीडीले गरेका हुन्। मुख्य सहायक निर्देशक अजय पन्त, सहायक निर्देशक अन्जल शर्मा र निमा शेर्पा छन्।
क्यामेरा निर्देशन निमा शेर्पाले गरेका हुन्। गीतका शब्द, संगीत र स्वर राजिव थापाले दिएका छन्। उत्पादन, मिक्सिङ र मास्टरिङ एस्थर रिजान महर्जनले गरेका छन्। गितारमा बिशाल छेत्रीको योगदान रहेको छ। सम्पादन अन्जल शर्माले गरेका हुन् भने रङ मिलाउने काम दीपेश चौधरीले गरेका छन्। मेकअप आर्टिस्ट जेनी राई संलग्न छिन्।
गीतको संगीत, दृश्य र भावनात्मक प्रस्तुतीले दर्शक र स्रोतालाई मनमा बस्ने अनुभव दिने अपेक्षा गरिएको छ।