बाब फिल्म्स प्रोडक्सनको ब्यानरमा राजीव थापाको प्रस्तुति रहेको नयाँ सांगीतिक भिडियो ‘असारै झरी’ आधिकारिक रूपमा सार्वजनिक भएको छ। यस गीतमा राजीव थापाकै शब्द, सङ्गीत र सुमधुर स्वर रहेको छ भने अडियो मिक्सिङ र मास्टरिङ एस्थर रिजालले गरेका छन्। यस म्युजिक भिडियोमा सबिन कार्की, खुसी कार्की, दिपेश गौतम र प्रकृति पसछे लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ भने राजीव थापाको विशेष उपस्थिति पनि हेर्न सकिन्छ। भिडियोको परिकल्पना तथा निर्देशन सञ्जय सञ्चुरीले गरेका हुन् भने छायांकन नितेश घतान् र सुजुय लामाले गरेका छन्। यसमा एञ्जल शर्माको सम्पादन तथा दिन्सन शाहको कलर र फाइनल एडिटिङ रहेको छ। उत्कृष्ट कथावस्तु र निर्माणले सजिएको यो रोमान्टिक भिडियोले दर्शकहरूको मन जितिरहेको छ।