जापानलाई कर्मथलो बनाएका गायक सुजन खड्काले आफ्नी आमाको सम्झना र आमाले जीवनभर भोग्नुपरेको संघर्षलाई मार्मिक रूपमा उतार्दै नयाँ गीत सार्वजनिक गरेका छन्। मिडिया पोर्ट प्रोडक्सनको प्रस्तुतिमा सार्वजनिक भएको गीतमा हर्क साउदको शब्द, शम्भु स्वामीको संगीत तथा जान्रिक्सको मिक्स/मास्टर रहेको छ। हुमा देवी भण्डारी र चिराग पनेरुको मुख्य अभिनय रहेको भिडियोमा श्रिया कथायत, आकाश नेपाली र रोशन शर्माले पनि सशक्त अभिनय गरेका छन्। अभिषेक सुवेदीको निर्देशन, कमल प्रजापतिको छायांकन र सविन लिङ्दाम लिम्बु (प्यातु)को सम्पादन तथा रङ संयोजन रहेको भिडियोले आमाको माया, त्याग र संघर्षलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक भएसँगै गीत तथा भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।