गायक दुर्गेश थापा, भ्लगर सिसन बानियाँ र सामाजिक सञ्जालमा भाइरल भएकी गुराँस नानीको सहकार्यमा बनेको नयाँ म्युजिक भिडियो "जाने भए जाम् माया" सार्वजनिक गरिएको छ।

भिडियोमा गुराँस नानीलाई मोडेलको रूपमा प्रस्तुत गरिएको छ, जसले हालै सामाजिक सञ्जालमा धेरैको ध्यान तानेकी थिइन्। गायक थापाका अनुसार, गुराँस नानीको सेलिब्रेटी बन्ने चाहनालाई साथ दिन यो सहकार्य गरिएको हो।

भिडियोमा अभिनय गरेबापत उनलाई ५० हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिएको छ। "जाने भए जाम् माया” बोलको यो गीत सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ, जहाँ दर्शकहरूले गुराँस नानीको उपस्थिति र अभिनयको खुलेर प्रशंसा गरिरहेका छन्।