सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा (जीडी) ले 'पहाडको छोराे' गीत सार्वजनिक गरेका छन्।
फजी फिल्म प्रडक्सनले तयार पारेको 'पहाडको छोरो' गीत गणेश (जीडी) युट्युब च्यानलमा १० लाख सस्क्राइबर पुगेको अवसरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।गीतपछि बोल्दै गणेश देवकोटा (जीडी) ले भन्नुभयो, "आफ्नो युट्युब च्यानलमा दश लाख सस्क्राइबर पुगेको अवसर पारेर 'पहाडको छोरो' गीत सार्वजनिक गरिएको हो।"
उहाँले थप भन्नुभयो, "आफ्नो जीवनको कथा, संघर्ष र सफलताको कथालाई गीतमा समावेश गरिएको छ।" गीतले आफ्नो युट्युबको यात्रा, शुरूवातदेखि आजसम्मको यात्रा समेट्दै प्रस्तुत गरिएको छ।
उहाँको युट्युब च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू उपलब्ध छन्।
गणेश (जीडी) युट्युब च्यानलमा मंगलबार सार्वजनिक गीत हालसम्म करिब ४० हजार पटक हेरिएको छ।
उक्त गीतको शव्द संरचना गणेश (जीडी) को रहेको छ भने जीडी प्रडक्सनले तयार पारेको 'पहाडको छोरो' को निर्देशन विवेक मगरले गर्नुभएको हो। भिडियोमा सिनेमाटोग्राफर योडिन रहेका छन्।
गीतको बोलले जीवनको संघर्षदेखि सफलताको कथालाई प्रस्तुत गरेको छ। "हिजो हेर यस्तो थिए, म आज कस्तो छु? कस्तो भए?" भन्ने भाव गीतमा व्यक्त गरिएको छ। करिब ५ मिनेटको भिडियोले संघर्षको यात्रा र अन्ततः सफलतामा पुग्ने आशालाई प्रस्तुत गरेको छ।