गायक ब्रिजेश श्रेष्ठ र गायिका समिक्ष्या अधिकारीको आवाजमा नयाँ नेपाली गीत ‘मुटु मै बसेछ’ को फिमेल भर्सन सार्वजनिक भएको छ। गीतको निर्देशन कुसुम नेपालले गरेकी हुन् भने संगीत, शब्द, र मिलाउने सम्पूर्ण काम ब्रिजेश श्रेष्ठले नै गरेका हुन्।
भिडियोमा करिश्मा केसी र विवेक श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको अभिनय निकै राम्रो देखिएको छ। साथै अभिषेष कुमार बीसी (अब्बु), रोशनी राउत, स्मृति सिवाकोटी, अनुष्का पौडेल, अकिना पौडेल र क्रिश राउत पनि भिडियोमा देखिएका छन्।
यो गीतको सबैभन्दा मन पर्ने कुरा भनेको क्यामेरामा खिचिएको दृश्यहरू हुन्, जुन काम बिबेक मगर (फज्जी फिल्म्स) ले गरेका हुन्। उनले गीतको भाव अनुसार सुन्दर दृश्यहरू प्रस्तुत गरेका छन्।
उनको साथमा योडिन योनजनले दृश्य निर्देशन (सिनेमाटोग्राफी) गरेका छन्। स्वस्तिकाले मेकअपगरेकी छन् भने दिपेन्द्र थपलियाले दृश्य बनावट (ग्राफ डिजाइन) मा सहयोग गरेका छन्।
गीतको प्रचार प्रसार प्रधुम्न नेपाल (फज्जी फिल्म्स)ले गरेको हो। डिजिटल रूपमा वितरण तथा युट्युबमा अपलोड गर्ने काम म्युजिक स्पार्क एलएलसीले सम्हालेको हो। यस् अघी मेल भर्सनमा सार्वजनिक गरिएको गीतलाई दर्शकले अत्याधिक रुचाएका थिए ।