लगातार दुई चलचित्र हिट दिएका नायक हुन् प्रदीप खड्का । दुई चलचित्रबाट राम्रो फ्यान फलोइङ बटुलेका प्रदीप नयाँ चलचित्र ‘लिली–बिली’मा अनुबन्धित भएका छन् ।

करिब एक महिना अघि ‘लिली–बिली’को निर्माण घोषणा गरिएको थियो । उक्त कार्यक्रममा प्रदीप ४ जना बडिगार्ड सहित पुग्दा खुबै चर्चा पाएको थियो । कतिले मजाक पनि उडाए । तर प्रदीप कसैले दिएको सम्मानलाई आफूले लिएको बताउँदै आएका छन् ।

यसै चलचित्रबाट दुई नव–नायिकाहरु डेव्यु गदै छन् ।जसमा युके निवासी जसिता गुरुङ र नेपालकी रेबिका गुरुङ रहेका छन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दै छन् । मिलनको अनुसार करिबद दश दिन पछि चलचित्रको सम्पूर्ण टिम छायाँकनको लागी बेलायत जाने तयारी रहेको बताउछन् । 

चलचित्र लिली–बिलीका प्रदीप, जसिता र रेबीकासँग गरिएको रमाइलो कुराकानी :-