चलचित्र ‘रेसम फिलिल’बाट उदाएकी नायिका हुन् मेनका प्रधान । तर उनी आफूलाई नायिका भन्दा कलाकारको रूपमा चिनाउन चाहन्छिन् । हुन पनि मेनकानै मुख्य नायिका भएको चलचित्र खासै आएका छैनन् । रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेकी प्रधानले आफूलाई अभिनयमा अब्बल साबित गरिसकेकी छिन् ।

भर्सटाइल नायिकाको रूपमा उनको नाम पनि जोडिने गर्दछ । प्राय जसो चलचित्रको कार्यक्रममा मेनका उपस्थित हुने गर्दिनन् । पुगेका पनि उनी साधरण रूपमा पुग्छिन् । प्राय जसो नायक–नायिकाहरु कुनै कार्यक्रममा जानु पर्ने छ या पुग्दा सजिसजाउ भएर नै पुग्ने गर्दछन् ।

अझ पछिल्लो समय डिजाइनिङ पहिरन लगाउने नायिकाहरुको जमात बढ्दो छ । कुनै चलचित्रको कार्यक्रम होस या सार्वजनिक कार्यक्रम नायिकाहरु डिजाइनर कहाँ पुग्ने गर्दछन् । तर मेनकाको सन्दर्भमा भने त्यस्तो छैन । उनी प्राय जसो पुग्ने कार्यक्रममा सिम्पल बनेर पुग्ने गर्दछिन् ।

अझ उनलाई चलचित्र बाहेक बाहिरी गेटअपमा मेकअपमा देख्न मुस्किल नै पर्ने गर्दछ । चलचित्रमा भयानक भूमिकामा देखिने मेनकाको रियल भने साधारण रहेको छ ।