नेपाली संगीत तथा दृश्य–कला क्षेत्रमा नयाँ प्रभाव छोड्दै गणेश जीडीको कथा तथा निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। विशेष कुरा के छ भने, मुगु जिल्लाको प्रसिद्ध दुत तालमा म्युजिक भिडियो छायांकन गर्ने पहिलो व्यक्ति गणेश जीडी बनेका छन्, जसले नेपाली म्युजिक भिडियो इतिहासमा नयाँ कीर्तिमान थपेको छ।

हिमाली भेगको अनुपम प्राकृतिक सौन्दर्य, नीलो दुत ताल, शान्त वातावरण र स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस भिडियोले मुगुको वास्तविक पहिचान उजागर गरेको छ। प्रकृति, संघर्ष र मानवीय संवेदनालाई समेटिएको कथाले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ।

भिडियोमा गणेश जीडी स्वयं मुख्य भूमिकामा देखिएका छन्। बाल कलाकार अर्जुन बुद्ध र बाबुको भूमिकामा धन सिंह बुद्ध ले प्रस्तुत गरेको प्रभावशाली अभिनयले पारिवारिक भावना, स्थानीय रहनसहन र यथार्थ जीवनलाई जीवन्त बनाएको छ।

संगीत पक्षलाई अझै सशक्त बनाउँदै गितार, सारंगी, बाँसुरी र मादल को सुन्दर संयोजन प्रयोग गरिएको छ। सञ्जीव बराइलीको गितार ले आधुनिक अनुभूति थपेको छ भने हेमन्त कान्छा रसाइलीको सारंगी ले हिमाली संवेदना र पीडालाई उजागर गरेको छ। रत्न बी.के.को बाँसुरी ले प्रकृतिसँग घुलमिल भएको शान्त अनुभूति दिलाउँछ भने पोषण घर्ती मगरको मादल ले नेपाली मौलिक लय र गाउँघरको स्पन्दनलाई संगीतमा उतारेको छ। यी सबै वाद्यवादनको संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ।

छायांकन उब्जन युके ले गरेका हुन् भने सम्पादन गणेश जीडी स्वयंले गरेका छन्। सहायक निर्देशन साइलेश हमालनिर्माण इभान ठाकुरी को रहेको छ। दुत तालका मनमोहक हवाई दृश्यहरू पनि गणेश जीडीले नै खिचेका हुन्। रङ संयोजन नितेश घाटन, पोस्टर तथा थम्बनेल अर्जुन आरएमटीएल ले तयार गरेका छन्।

गीतको शब्द, संगीत र स्वर सुरज पण्डित को रहेको छ भने र्‍याप, शब्द र स्वरमा गणेश देवकोटा को सहभागिता रहेको छ। संगीत संयोजन एन्क्समस म्युजिक ले गरेका छन्। रेकर्डिङ गोविन्द अनेक द्वारा गरिएको हो भने अन्तिम सम्पादन कमल थापा मगर ले गरेका छन्। ध्वनि मिश्रण तथा परिष्करण श्यामश्वेत रसाइली द्वारा स्टुडियो प्रिज्म मा सम्पन्न गरिएको हो।

दुत तालमा म्युजिक भिडियो छायांकन गर्ने पहिलो व्यक्ति बनेर गणेश जीडीले मुगुको प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीलाई राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक काम गरेका छन्। यस म्युजिक भिडियोले दर्शक तथा श्रोतामाझ सकारात्मक चर्चा बटुल्ने अपेक्षा गरिएको छ।