बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीले यति बेला भारतीय मिडियामा हंगामा मचाएको छ । केही दिन अघि भारतका अन्तर राज्य गिरोहका नाइके भनेर परिचित लरेन्स बिश्रोईले बिहीबार जोधपुर स्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएको थिए । हाल सलमान उनको नयाँ सुटिङको लागी जोधपुरमा छन् । त्यहाँको अदालतमा उनको कालो हरिण मारेको मुद्दामा बहस भइरहेको बेला सलमान बिहीबार अदालत पुगेका थिए । उनी त्यहाँ पुगेको बेला नाइके लरेन्स ज्यान मार्ने धम्की दिएको बताइएको छ l केही दिन पहिला लरेन्सले भारतका चर्चित व्यापारीलाई गोली हानी हत्या गरेका थिए । हत्या, अवैध असुली र फायरिंग लगायत कैयौँ घटनामा संलग्नता रहँदै आएका लरेन्स विश्रोईले धम्की दिएकै कारण प्रहरीले हिरासतमा लिएको थियो l