बलिउडमा बर्सेनि कति चलचित्र बन्छ भन्दा पनि कतिले रेकर्ड तोडे र कति लगानी उठाउन सफल भए भन्ने लेखाजोखा हुने गर्दछ । सन् २०१७ को सुरुवातसँगै सयौँ चलचित्रहरू रिलिज भए । रिलिज भएकामध्य कति चलचित्र सुपर हिट भए भन्ने कतिले लगानी समेत उठाउन भ्याएनन्  ियिनै मध्य केहीले मात्र आफूलाई सफल चलचित्रको रूपमा उभ्याउन सके भने कतिले दर्शकको विश्वास जित्न सकेनन् । आज हामी चर्चा गर्छौ २०१७ बलिउडमा सुपर हिट भएका आठ चलचित्रहरूको बारेमा  :-

१.टाइगर जान्दा हे 
बलिउडका सेलिब्रेटेड नायक सलमान खान र अभिनेत्री कैट्रीना कफै मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर जान्दा हे’ ले  २०१७ को सुपर हिट चलचित्रको उपाधि पाएको छ । निर्देशक अलि अब्बास जफरुले निर्देशन गरेको चलचित्रले सुरुवातमै १५० करोड भन्दा माथि को व्यापार गरेको थियो  । चलचित्र २०१७  २२ डिसेम्बरको दिन रिलिज भएको थियो  ।

२. गोलमाल अगेन 
निर्देशक रोहीत सेट्टिको निर्देशन रहेको चलचित्र गोलमाल अगेनले पनि २०१७को सुपर हिट चलचित्रको रेकर्ड राखेको छ  ।अजय देबगन, परिनीति चोपडा, तुसार कपुर लगायत अन्य कलाकारहरूको मुख्य भूमिका रहेको उक्त चलचित्रले २०५।७ करोड भारु व्यापार गरेको थियो  । चलचित्र २० अक्टोबरको दिन रिलिज भएको थियो 

३‍. काबील 
क्राइम थ्रीलर चलचित्र काबिल २०१७को अर्को सफल चलचित्र मध्य एक हो । सन्जय गुप्ताको निर्देशनमा बनेको यस चलचित्रले १२६।८ करोड भारु कमाउन सफल भएको थियो । २५ जनावरी २०१७मा रिलिज भएको काबिलमा हृतिक रोसन ,यमी गौतम, रोनित रोए, रोहित रोए लगायत कलाकारहरूको अभिनय रहेको छ । 

४.ट्वाइलेट ‘एक प्रेम कथा’  
सामाजिक कथा बस्तुमा आधारित चलचित्र ुट्वाइलेट एक प्रेम कथाुले दर्शकको मन मात्र जितेन प्रशस्तै कमाइ गर्ने चलचित्र पनि बन्यो । अक्षय कुमार, भूमि पेड्नेकरको मुख्य भूमिका रहेको यस चलचित्रलाई श्री नारायण सिंहले निर्देशन गरेका हुन् । ११ अगस्ट २०१७मा रिलिज भएको उक्त चलचित्रले १३३।६करोड भारु कमायो । 

५.बाहुबली–२ 
बलिउडमा सिनेमाको फरक धार उजागर गरेर दर्शकको साथ पाएको चलचित्र बाहुबलीको सिक्वेल चालचित्र ुुबाहुबली २ुु २०१७ को अर्को धमाकेदार सफलता हात पार्ने चलचित्र बन्यो  । एस् एस् राज मौलिको निर्देशनमा बनेको बाहुबली २ ले ५११ करोड भारुको व्यापार गर्‍यो ।२८अप्रील २०१७ मा रिलिज भएको उक्त चलचित्रमा प्रभास, राना दंगुबती ,अनुस्का शेठ्ठी लगायत कलाकारको अभिनय रहेको छ । 
२.जली एलएलबी २
सुभास कपुरले निर्देशन गरेको चलचित्र ुजोली एलएलबी २ु २०१७मा रिलिज भएका चलचित्र मध्यको अर्को व्यावसायिक सफलता हात पार्ने चलचित्र हो । ११ फरबरी २०१७ मा रिलिज भएको उक्त चलचित्रमा अक्षय कुमार, अनु कपुर, हुमा कुरेस् , लगायत कालाकारको अभिनया रहेको छ । जली एलएलबी २ ले ११७ करोड भारु कमाएको थियो र बक्स अफिसमा अर्को व्यावसायिक सफल चलचित्र बन्न सफल भएको थियो   । 

७.बद्रीनाथकी दुल्हनिया
१० मार्च २०१७ मा रिलिज भएको चलचित्र लाई ससाङ्क खैतानले निर्देशन गरेका हुन् ।बरुण धवन, आलिया भाट को प्रमुख भूमिका रहेको यस चलचित्रले  ११६ करोड भारु कमाएर २०१७ को अर्को सफल चलचित्रको रूपमा उभिएको छ ।  रोमान्टिक कमेडी जान्रामा बनेको उक्त चलचित्रलाई हिरो जोहर, करण जोहर र अपुर्व मेहेत्ताले निर्माण गरेका हुन् । 

८.हिन्दी मिडियम 
इफ्रान खान ,सवा क्वामार लगायतको अभिनया रहेको चलचित्र हिन्दी मिडियमु २०१७मा सफलता हात पारेको चलचित्र हो ।१० मे २०१७ मा रिलिज भएको उक्त चलचित्रले ६९ करोड भारु कमाएको थियो । सकेत चौधरीले निर्देशन गरेको चलचित्रलाई दिनेश भिजान र टिमले निर्माण र गरेका हुन्