२०७२ सालको संविधानले प्रत्येक नेपालि नागरिकलाई नागरिकता सुनिश्चित गरेको छ। अझ आमाको नाम बाट नागरिकता पाउने भनेर समेत स्पष्ट किटान गरेको छ। तर संविधान अनुसारको कानुन निर्माणमा ढिलाइ हुँदा कार्यन्वयन हुन सकिरहेको छैन।पन्ध्रौं गणतन्त्र दिवसको अवसर पारेर संबिधानमा उल्लेख गरिएको आमाको नाम बाट नागरिकता प्रदान गरिने ब्यावस्था अनुरुपको कानुन छिटोभन्दा छिटो निर्माण गर्न दबाब स्वरुप महिला कानुन तथा विकाश मन्च [FWLD] ले काठमाडौ भक्तपुर र ललितपुरका विभिन्न ठाउँहरुमा कचहरी नाटक मन्चन गरिरहेको छ। जेठ ११ गते स्वायम्भु र पशुपतिक्षेत्र भित्र नाटक प्रदर्शन गरिएको थियो भने, जेठ १२ गते जोरपाटी र तिनकुनेमा कचहरी नाटक प्रदर्शन गरिएको थियो। १३, १४ र १५ गते सम्म नाटक मन्चन गरिने जानकारी नाटकका कलाकार तथा रङ्गकर्मी सुवास सुबेदिले जानकारी गराए ।रङ्गकर्मि सुबेदिका अनुसार, "हामिले महिला कानुन तथा बिकास मन्चको सहकार्यमा आमाको नामबाट नागरिकता सहज रूपमा प्राप्त गर्ने वातावरण बनोस भन्दै २०७४ साल देखि देशका विभिन्न ठाउँमा नाटक मन्चन गरिरहेका छौ। संबिधान बनेको यतिका वर्ष भैसक्दा पनि संबिधानले सुनिश्चित गरिसकेको को आमाको नामबाट नागरिकता पाउने ब्याबस्था अझै सम्म कार्यन्वयन हुन नसक्नु दुखत कुरा हो। । हामिले यो नाटक मार्फत सरकार र संसदलाई खबरदारी गर्ने प्रयास गरेका हौँ ।"एकल आमा जो नेपाली नागरिक हुदाँहुदै उनका सन्तानले लामो समय देखि आमाको नाम बाट नागरिकता पाउन गरेको संघर्षको वास्तविक घटनालाई आधार मानेर नाट्य रुपान्तरण गरिएको नाटकका निर्देशक सहिन प्रजापतिले जनाए। "अहिले उपत्यका भित्रका तीन जिल्लालाई समेटेर भिन्नभिन्न ठाउँमा नाटक मन्चन कार्य भैरहेको छ। यो क्रम जेठ ११ देखि १५ गते सम्म रहनेछ। त्यस लगत्तै उपत्यका बाहिरका जिल्लामा पनि नाटक लिएर जाने योजना रहेको निर्देशक प्रजापतिले जानकारी गराए।नाटकलाई सहिन प्रजापती र सुवास सुवेदी मिलेर तयार पारेका हुन। नाटकमा सौरब ढकाल, समापिका गौतम, सरस्वती अधिकारी, शिशिर अर्याल, सहिन प्रजापती र सुवास सुबेदिको अभिनय रहेको छ। सानै उमेरमा परिवारको इच्छा बिपरित गाँउमा सडक बनाउन गएको एक युवक संग भागेर बिहे गरेकि चन्द्रकला लाई उनका बाबुआमाले कहिल्यै फर्केर माईतिको आँगन नटेकेस भनिदिए। उनिहरु काठमाडौ आएर एउटा कोठामा बस्न थाले। श्रीमानले चन्द्रकला लाई घरमा लिएर कहिल्यै गएनन् । घरको ठेगाना समेत स्पष्ट बताएनन् । चन्द्रकलाले पनि खस्न बस्न पाएकै थिईन। अर्को कुराको वास्ता गरिनन। अर्को साल छोरो जन्मियो। त्यसपछि खबरै नगरी अचानक हराएको चन्द्रकलाको श्रीमान फर्केर कहिल्यै आएन। जसोतसो छोरा बिनोदलाई हुर्काउदै पढाउन चन्द्रकलाले ठुलै संघर्ष गरिन।बिनोद पढ्नमा अब्बल थियो। १२ कक्षा पढ्दै गरेको बिनोद र तृष्णा साथी हुन्छन। उनिहरु एक अर्कोलाई मन पराउछन। उनिहरु उच्च शिक्षा बिदेश गएर पढ्न चाहन्छन । अनि भबिष्यमा बिहे गरेर संगै रहनेमा ढुक्क छन।जब पासपोर्टको लागि नागरिकता बनाउन बिनोद आमालाई भन्छ। आमाको नागरिकता समेत हुदैन। श्रीमानको ठाउँ ठेगाना थाहा हुँदैन । उनको आश अब माईती मात्र हुन्छ। अन्तत छोराको भबिष्यको लागि बिसौं वर्षपछि आफ्नो नागरिकता बनाउन चन्द्रमकला माइतिको आँगन टेक्छिन। माईतिका आमा बा, दाजुहरु पुरानो कुरा बिर्सेर चेली माईती आएकोमा खुसी हुन्छन् । अनि माईतिको सहयोगमा चन्द्रकलाको नागरिकता बन्छ।आमाको नागरिकता बनेपछि आफ्नो नागरिकता बन्छ भन्नेमा बिनोद ढुक्क थियो। तर उस्ले सोचे जस्तो भएन। बाबुको नागरिकता र आमाको बिहे दर्ताबिना वडा कार्यलयले सिफारिस दिन मानेन। अनि वडाको सिफारिस बिना जि.प्र.का. बाट नागरिकता बन्ने प्रक्रिया पूरा भएन।
यसरी नागरिकता बिना बिनोदको भविष्यका सबै बाटा बन्द भए। बिदेश पढ्न जानू त परको कुरा यहि नेपालमा उच्चशिक्षा पढ्न पाएन। कुनै जागिर गर्न पाएन। आफ्नै व्याबसाय संन्चालन गर्न सकेन। आफ्नो हातमा केही नभएसी दिक्क मानेर बिनोद आत्महत्याको प्रयास गर्नै लाग्दा शुत्रधार सुवास सुबेदिले नाटक रोकेर दर्शक संग छलफल गर्न थाल्दछन।अहिले पनि बिनोद र चन्द्रकलाको जस्तै कथा संग मिल्दाजुल्दा समस्या भएका धेरै नागरिक वडा र CDO कार्यलयको चक्कर लगाइरहेका छन। कहिले संसदबाट नागरिकता सम्बन्धित कानुन पारित होला र सजिलै आमाको नाम बाट नागरिकता प्राप्त गर्ने सहज वातावरण बन्ला भन्ने आशमा धेरै नागरिक अनागरिक भएर बाँच्न बाध्य छन। हाम्रो पनि खवरदारी नेपाल सरकार र संसद लाई आखिर कहिले सम्म आफ्नै देशमा नागरिक हरु अनागरिक भएर बाँच्नुपर्ने?