यही आउँदो जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’को शीर्ष गीतको छायाङ्कन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर छायाङ्कन गरिएको गीतमा चलचित्रका सम्पूर्ण कलाकारको अभिनय रहेको छ । गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा चलचित्रका कलाकारहरू सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा ,गजित विष्ट , सागर लम्साल , निश्मा घिमिरे , एन्जल राई , शिशिर भण्डारी ,आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । कमेडी जनरामा निर्माण भएको चलचित्रलाई विश्वको कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । गीतमा शब्द र सङ्गीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् । गीतमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रको कथा गम्भीर विष्टको हो । त्यस्तै द्वन्द चन्द्र पन्त , सङ्गीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाङ्कन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।