शुक्रवार काठमाडौँको आर्मी अफिसर क्लबमा चलचित्र कलाकार सङ्घको दोस्रो फान अवार्ड सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा आलीको प्रमुख आतिथ्यमा अवार्ड सम्पन्न भएको हो । नेपाल आइसको प्रायोजन र कलाकार सरिता लामिछानेमा संयोजत्वमा आयोजना भएको अवार्डमा वरिष्ठ कलाकार निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रधान गरिएको छ । यो वर्ष नायक प्रदीप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले वर्षको लोकप्रिय कलाकारको अवार्ड उचालेका छन् । गतबर्ष यो अवार्ड अनमोल केसीले उचालेका थिए । यो वर्ष चलचित्र छक्का पञ्जाले सर्वाधिक अवार्ड हात पारेको छ । त्यस्तै कार्यक्रममा सञ्चारकर्मीद्वाय ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मानबाट सम्मान गरियो । 
 

अवार्ड पाउने सुची -

उत्कृष्ट कथा : जात्रा
उत्कृष्ट पटकथा : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्म : छक्का पञ्जा
उत्कृष्ट निर्देशक : हेमराज बिसी, गाजलु
उत्कृष्ट : अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्री : सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशक : दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायक : आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्री : सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेता : जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट सह अभिनेत्री : मेनुका प्रधान ‘गाजलु’
उत्कृष्ट चरित्र अभिनेता : सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्री : गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्र : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवाद : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशक : एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकन : रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकार : डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायक : कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिका : मीना निरौला, लुट २
उत्कृष्ट संगीतकार : राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, छक्का पञ्जा