अभिनेत्री श्वेता खड्काको अभिनय र निर्माण रहेको चलचित्र ‘कान्छी’को आइतबार विशेष सो आयोजना गरिएको थियो । काठमाडौँको कमलपोखरीस्थित कुमारी हलमा आयोजना गरिएको विशेष सोमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, नयाँ शक्तिकी वरिष्ठ नेतृ हिसिला यामिको सहभागी रहेको थियो ।

श्वेताको ‘कान्छी’ हेरेपछि प्रचण्ड भन्छन् ‘हाम्रो पिडा एउटै हो’ श्वेताको ‘कान्छी’ हेरेपछि प्रचण्ड भन्छन् ‘हाम्रो पिडा एउटै हो’

चलचित्र हेरिसके पश्चात् कान्छी र कलाकारको कामले प्रशंसा पाएको थियो । कार्यक्रमको सुरुवातमा आफ्नो र श्वेताको पिडा एउटै भएको भन्दै पुर्वm प्रधानमन्त्री भावुक भएका थिए । चलचित्र हेरिसके पश्चात् राम्रो रहेको सबैले प्रतिक्रिया दिएका छन् । यस्तै ‘कान्छी’को ‘पोलिटिकल सो’मा पुराना पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई पूर्व प्रधानमन्त्रीको हातबाट सम्मान गरियो । त्यस्तै कार्यक्रममा श्वेताले निर्माण गर्न लागेको माझी बस्तीलाई इजी रेमिटेन्सले पचास हजार र प्रकाशबाबु थापाले एक लाख दश हजार सहयोग गरेका छन् । श्वेताको अनुसार माझी बस्ती वैशाखमा हस्तान्तरण गरिने छ ।
 

श्वेताको ‘कान्छी’ हेरेपछि प्रचण्ड भन्छन् ‘हाम्रो पिडा एउटै हो’ श्वेताको ‘कान्छी’ हेरेपछि प्रचण्ड भन्छन् ‘हाम्रो पिडा एउटै हो’ श्वेताको ‘कान्छी’ हेरेपछि प्रचण्ड भन्छन् ‘हाम्रो पिडा एउटै हो’