नायक प्रदीप खड्का र नव–नायिका जसिता गुरुङ अभिनित चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ । आज आइतबार साँझ ६ बजे जापानको टोकियो स्थित नकानो जिरो हलमा चलचित्रको प्रिमियर हुदैँछ । डेस्टिनि कृएसनले आयोजना गर्न लागेको प्रिमियरमा सहभागी हुन चलचित्रका कलाकारद्धय प्रदीप र जसिता र निर्माता गोविन्द शाही शनिवार जापान पुगिसेका छन् । 

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’लाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । चलचित्रको अधिकांश छायाङ्कन स्कटल्याण्डमा गरिएको छ । लिलीबिलीमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रको केही दिन अघि ट्रेलर रिलिज भएको थियो । उक्त ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् ।