शून्यता खतर्नाक हैन
शून्यता भित्रको शून्यता खतर्नाक हो ।
थाहा नहुनु ,
दुखाइको कारण
भोगाइको अनुभूति
भोकको स्वाद र
दृश्यको दायरा ...सबै खतर्नाक हुन् ।
प्रतिक्रिया विहीन
प्रतिरक्षा विहीन
सुरक्षा विहीन र
दिशा विहीन ,
जब हुन्छ अस्तित्व तब हुन्छ हरेक थोक खतर्नाक ।
म डराएको छु ,
बुझेर आफैलाई
''म आफै आफ्नो लागी खतरा हुनसक्छु ।''