अभिनेता राजबल्लभ कोइरालालाई कविता संग्रह सार्वजनिक गरेका छन् ।  शनिबार उनले पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त कृति उनले छोरीलाई उपहार स्वरुप तयार पारेका हुन् । उनको छोरीको नाम पनि औरा हो ।उक्त पुस्तक कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला तथा प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले संयुक्त रुपमा विमोचन गरेका थिए । शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैँयाँ रहेको छ । सोमबारबाट बजारमा उपलब्ध हुन लागेको पुस्तकमा १ सय ११ वटा कविता छन् ।

कार्यक्रममा कवि प्रतीकले कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरे । उनले भने, ‘यसमा १ सय ११ वटा कविता छन् । यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ । किनकि, राजका कविता छोटा छन् तर प्रभावशाली छन् । उनका कवितामा शिल्प र दर्शनको बेजोड संगम भेटिन्छ ।’राजबल्लभको पहिलो कविता संग्रह कुन समयमा आएको छ भने उनले १० वर्षपछि अभिनयमा पुनरागमन गरेको फिल्म ‘एक्टर : टेक वान’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ ।