अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक `हरी हजुरबा´ मंचन हुने भएको छ । मण्डला थिएटरमा पुष ४ गतेदेखि नाटक मन्चन हुनेछ ।यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउत लगायतको अभिनय रहनेछ । निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् ।नाटकले चिठी पुर्याउदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकम छ। आउँदो बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् ।