कान्तिपुर थिएटरले नेपाली साहित्यको कालजयी कृति शिरिषको फूलमा आधारित नाटक मञ्चन सुरु गरेको छ। नाटकको प्रिमियर साउन ८ गते, बिहीबार साँझ गैह्रीधारास्थित कान्तिपुर थिएटर (कान्तिपुर फिल्म एकेडेमी परिसर) मा सम्पन्न भयो।पत्रिका घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकमा प्रमुख भूमिकामा जीवन लुइँटेल (सुयोगवीर), सनिशा भट्टराई (सकम्बरी) र राज न्यौपाने (शिवराज) को अभिनय देख्न पाइन्छ। जीवन र सनिशा दुवैका लागि यो थिएटर क्षेत्रमा पहिलो प्रस्तुति हो।नाटक साउन ८ गतेदेखि साउन २७ गतेसम्म प्रत्येक दिन साँझ ५:३० बजे मञ्चन हुनेछ। नेपाली साहित्य प्रेमी तथा रंगमञ्चप्रति रुचि राख्ने दर्शकहरूका लागि यो नाटक एक विशेष सांस्कृतिक अवसर बन्ने अपेक्षा गरिएको छ।