2083 श्रावण 20, बुधबार

जर्मन होम्स् होटलको 'न्यू इयर इभ सेलिब्रेसन २०८३'मा गुन्जिँदै गायक विश्व नेपाली 

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले 'न्यू इयर इभ सेलिब्रेसन' गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ ।

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक

षट्कोण आर्टसले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक गरिएको छ ।  सार्वजनिक गीतमा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत  फिचर्ड छन् ।

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित,  नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा  सर्वोत्कृष्ट  अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ ।

आयुष भन्छन्–‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’

टिकटकमा लोकप्रिय टिकटकर आयुष सिंह ठकुरी अब नेपाली चलचित्रको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा  निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दैछन् ।

सस्पेन्स, प्रेम र एक्सनले भरिएको ‘राम नाम सत्य’को ट्रेलर रिलिज

चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर आज सार्वजनिक गरिएको छ ।

ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सवमा नेपाली फिल्म ‘टेस्ट अफ वाटर’ छनोट

रिसल्ला प्रोडक्सन, एभरेस्ट फिल्म एकेडेमी र सिमल सिनेमाको सहकार्यमा निर्माण गरिएको नेपाली छोटो चलचित्र “टेस्ट अफ वाटर” जर्मनीमा आयोजना हुने प्रतिष्ठित ओबरहाउजन अन्तर्राष्ट्रिय छोटो चलचित्र महोत्सव (७२औँ संस्करण)मा आधिकारिक रूपमा छनोट भएको छ।

चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज

मधुुसुधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो।

चलचित्र ‘पाँच पाण्डव’को छायांकन प्रारम्भ

चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।

‘जिरो डिग्री’को पोखराबाट छायाङ्कन सुरु

‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए।