2083 श्रावण 19, मंगलबार

दोस्रो हप्तामा ‘मालती मङ्गले’को गीत ‘झुटो आरोप’ सार्वजनिक

नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको यस चलचित्रले डायस्पोरा रिलिज र दोस्रो साताको सफलतालाई लक्षित गर्दै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले चलचित्रको छायांकन सुरु गरेको हो ।

‘रोल नं १’को ट्रेलर सार्वजनिक

चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ ।

‘पार्वती’को पोस्टरमा नीता ढुंगानाको फरक अवतार

अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ ।

जेठ ८ मा ‘मितज्यु’ प्रदर्शन हुने, ट्रेलर युट्युबको शीर्ष स्थानमा

दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको चलचित्र ‘मितज्यु’ को ट्रेलरले युट्युबमा निकै राम्रो चर्चा कमाइरहेको छ।

‘गौँथली’को पोस्टर सार्वजनिक

चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् ।

'मेरो प्रेम अधुरो' निर्माण घोषणा, मुख्य भूमिकामा कबिर खड्का 

अभिनेता कबिर खड्काको मुख्य भूमिकामा रहने गरी चलचित्र 'मेरो प्रेम अधुरो’ निर्माण घोषणा गरिएको छ । चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्ने भएका छन् । 

फ्राईडे रिलिजमा 'एक मुठ्ठी बादल' र 'लाईफ ड्यामेज' 

आज शुक्रबारबाट दुई नेपाली चलचित्र 'एक मुठ्ठी बादल ' र 'लाईफ ड्यामेज ' सिनेमाहलमा प्रदर्शनमा आएका छन् । 

चर्चामा ‘काजी’ को ट्रेलर, भावनात्मक संवादले भरिएको प्रेम र त्यागको कथा

भावनात्मक संवाद, पारिवारिक कथा रहेको चलचित्र ‘काजी’ को ट्रेलर छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ।

‘मालती मङ्गले’ अमेरिका र क्यानडामा रिलिज हुँदै

दर्शकको अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो चलचित्र अमेरिकामा यही मे १५ तारिख, शुक्रवारदेखि बक्स अफिसमा दैनिक सो सहित प्रदर्शनमा आउन लागेको हो।