गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माण घोषणा गरेका छन् । थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ ।
‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायांकन, रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन् ।