आज शुक्रबारबाट चलचित्र ‘परालको आगो’को प्रदर्शनमा आएको छ। चलचित्रले देशभरका डेढ सयभन्दा बढी शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो चलचित्रलाई उच्च शो दिएका हुन्।
रनटाइम १३५ मिनेट लामो यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको यो गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट लिएको हो। त्यसले पनि दर्शकको यो चलचित्रप्रति दर्शकको चासो बढेको हो। चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने चलचित्रको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।
साथै फिल्मको टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। यस चलचित्रको पाश्र्व सङ्गीतमा किरण तुलाधर,सङ्गीतमा शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। चलचित्रका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ। सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस चलचित्रलाई नेपालभरको चलचित्रको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।