चलचित्र ‘रोमियो’को नयाँ गीत सार्वजनिक भएको छ । आउँदो शुक्रवार अर्थात् कात्तिक २४ गते प्रदर्शनमा आउन लागेको चलचित्रको एक वियोगान्त गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा चलचित्रकी अभिनेत्री निशा अधिकारीको लागी अभिनेता हसनराजा खान तड्पिएको देख्न सकिन्छ ।
सार्वजनिक गीतमा कुर्बान अलि खान र अमृता लिम्बुको आवाज रहेको गीतमा कुर्वानकै शब्द तथा सङ्गीत छ ।शङ्कर कार्कीको निर्देशन रहेको चलचित्र रोमियोमा निशा र हसनको साथमा मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका रहेको छ। एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन सापकोटा निर्माता, विष्णु कार्की सह–निर्माताको रूपमा छन् ।