अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रुपमा सम्मानित गरिएको छ ।चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड-२०२४ समारोहमा लोकप्रिय अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रुपमा सम्मानित गरिएको हो ।
कलाकार संघको अध्यक्ष मोहन निरौलासहितको व्यक्तित्वले अभिनेता श्रेष्ठलाई उक्त उपाधिद्वारा सम्मानित गरेका हुन् । साथै , समारोहमा कोरियोग्राफर बिवेक श्रेष्ठ, समाजसेवी सबित श्रेष्ठ, मोडल तथा निर्माता अनुपम श्रेष्ठ, हेयर स्टाइलिष्ट सोन के शर्मा, मेकअप आर्टिष्ट सोनाली शिल्पकार, ब्यूटिसियन करुणा पुरी, व्यवसायी सम्झना श्रेष्ठ, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल, गायक गणेश थापा, इभेन्ट अर्गनाइजर प्रतिक्षा कटुवाल, हिमालयन ब्रुअरीका प्रवन्ध निर्देशक श्याम बहादुर श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, इभेन्ट निर्देशक धिरज तण्डुकार, निर्देशक, लेखक तथा सञ्चारकर्मी संगीता श्रेष्ठ, गायक आनन्द कार्की, रंगकर्मी विरेन्द्र हमाललाई सम्मानित गरिएको थियो ।स्पेशल अवार्डतर्फ बेस्ट प्रोडक्सन मेनेजरको अवार्डबाट विशाल कार्की, बेस्ट मेकअप आर्टिष्ट (मेल) बाट मनोज लामा, बेस्ट मेकअप आर्टिष्ट (फिमेल) बाट सरिता मगर, इन्टरनेशनल उमन एचिभ्मेन्ट अवार्डबाट सन्तोषी र्काी (मिसेस नेपाल यूनिभर्स २०२४), बेस्ट फेसन डिजाइनर फर म्युजिक भिडियोबाट दिलमाया मगर, बेस्ट लिरिसिष्टबाट रीमा श्रेष्ठ, पपुलर म्युजिक भिडियो डाइरेक्टरबाट निकेश खड्का, मस्ट इन्स्पायरिङ म्युजिक भिडियो मोडलबाट सुजल बम तथा म्युजिक भिडियो क्विनबाट रीमा विश्वकर्मा पुरस्कृत भएका छन् ।
स्पर्श मीडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको यो भव्य समारोहमा नेपाली सांगीतिक तथा मोडलिङ क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पुरस्कृत भएका छन् । आईएमई पेद्वारा पावर्ड गरिएको यो समारोहमा नेपाल टेलिकम, मात्रिका आइ सेन्टर, एन प्लस प्रोफेशनल, स्टेला प्रो मेकअप प्रायोजकको रुपमा रहेका थिए । प्रतियोगिताको निर्णायकमा गीतकार दयाराम पाण्डे, सञ्चारकर्मी राजेन्द्र बानिया, निर्देशक देवेन्द्र पाण्डे, निर्देशक/छायांकार रविन्द्र बराल तथा अभिनेता दिनेश केसी रहेका थिए ।