निर्देशक बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ ।विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्ममा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सञ्जय थापाको द्वन्द्व निर्देशन तथा सन्देश शाहको सम्पादन छ ।फिल्ममा जितु नेपाल ,नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे आदिको पनि अभिनय छ ।दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको हो ।