तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । उनले र्याप गीत गाएका हुन् ।गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले गायनमा साथ दिएका छन् ।गीतमा रञ्जीत गजमेरको संगीत तथा निर्देशक घिमिरे स्वयंको शब्द रचना छ ।आगामी कात्तिकपछि छायांकनको तयारी गरिएको फिल्ममा विपिन मुख्य भूमिकामा देखिनेछन् भने मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायतका कलाकार पनि निश्चित भइसकेका छन् ।